भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एकजना पक्राउ

डिसी नेपाल
१ पुष २०७९ १७:४७
64
Shares

झापा । प्रहरीले नेपालबाट अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एकजनालाई नियन्त्रणमा लिएको छ  ।

बिहीबार राति झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको झोला र पोते बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका–६ का बाबुल राजवंशीलाई समेत नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्रीसहित राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *