सर्लाहीमा सशस्त्र प्रहरीका जवानमाथि गोली प्रहार

डिसी नेपाल
१ पुष २०७९ २१:१२
160
Shares

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरीका जवानमाथि गोली प्रहार भएको छ । सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको हो । घाइते साहलाई अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचारका भर्ना गरिएको छ ।

काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका बेला गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए ।

साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी यादवले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *