पोखरामा सक्कली सुन चोरेर नक्कली सुन लगाइदिने युवती पक्राउ

डिसी नेपाल
१ पुष २०७९ २२:२५
1.4k
Shares

पोखरा । पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । विहानको करिब दश बजेको समय थियो । बुहारी माइत अनि छोरा क्याम्पस गएको समयमा उनी एक्लै बसेकी थिइन् । घरको आगनमा बसेर जाउलो खादैगर्दा एक अपरिचित महिला आइपुगिन् । ती महिलाले छोरा बुहारी सोधिन् छोरा बुहारी बाहिर गएको भनेपछि भलाकुसारी गर्न थालिन् ।

ती अपरिचित महिलाले छोरा बुहारीसंग भेट्नुपर्ने भन्दै ७९ वर्षिय वृद्धाको घाटीमा मर्सान थालिन् । घाटी मर्सादै गदा कोइरालाले पर्दैन भनिन् केहि समय मुसारेपछि छाडिन् । वृद्धापनि उठ्ने क्रममा सिक्रि खस्यो । त्यसपछि ति महिला फरार भइन् । उनको पछि जादाँ उनी वेपत्ता भइन् । कोइराला सुनाउँछिन्, ‘ मेरो सिक्रि फुकालेर नक्कली लगाइदिई त्यो जोडेको पनि थिइन् । उठ्ने बेलामा त सिक्रि खस्यो अनि म पछिपछि दगुरे त्यसपछि दगुरी..’ यो पोखराको एक मात्र घटना होइन । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले  बुधबार पक्राउ गरेको छ।

सोही घटनामा संलग्न रहेकी पर्वत मोदी गाउँपालिका ६ घरभई हाल पोखरा महानगरपालिका ४ गणेशटोली बस्ने ३४ वर्षिया महिला टीका श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । करिब सात महिना अघिबाट सुरु भएको प्रहरीको अनुसन्धानले अन्ततः आरोपित महिलालाई प्रमाण सहित पक्राउ गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *