लागूऔषध चरेस र गाँजासहित चार जना पक्राउ

डिसी नेपाल
३ पुष २०७९ १२:५७
56
Shares

कैलाली। प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्रामसहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुनसमेत दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। रा१प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *