मस्कले ट्वीटरको सीइओबाट चाँडै राजीनामा दिन सक्छन्

डिसी नेपाल
४ पुष २०७९ ८:५६
176
Shares

न्युयोर्क। अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नगर्ने निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण ट्वीट गरेका छन्। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका छन्। परिणाम चाँडै सार्वजनिक हुने जनाइएको छ।

मस्कले सीईओको रूपमा केही महिनायता कम्पनीमा केही उथलपुथल गरेका छन्। ट्विटरका हजारौं कर्मचारीहरूलाई हटाउने र ठूला नीति परिवर्तनहरू गरेका छन्।  त्यस्तै ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन्।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए। उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *