एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट (फाेटाेसहित)

डिसी नेपाल
४ पुष २०७९ १२:५७
36
Shares

काठमाडौं। एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन्।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ। तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *