विश्वकै तेस्रो धनी गौतम अडानीका २ कारखाना बन्द
काठमाडौं । हिमाचल प्रदेशमा कांग्रेस पार्टीको सरकार बनेपछि अडानी समूहका दुई सिमेन्ट प्लान्ट बन्द भएका छन् । योसँगै हिमाचल प्रदेशमा सिमेन्टको मूल्य बढेको छ । हिमाचल प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले अमर उजालासँगको विशेष कुराकानीमा यसको कारण बताए ।
उनले भने, ‘यो विषय कानून व्यवस्थासँग जोडिएको छ, कारखाना युनियन र अडानी समूहबीच विवाद छ, सरकार समाधान चाहन्छ तर न युनियनलाई नोक्सान होस् न कारखानालाई । तर एउटा कुरा प्रष्ट गरौं हिमाचल प्रदेशमा हामीले सिमेन्टको मूल्य घटाउनुपर्छ, पञ्जाबमा सिमेन्ट सस्तो र हिमाचलमा महँगो बेच्ने काम नहोस् ।’
यो अन्तर्वार्तामा सुखुले आफ्नो सरकारले पुरानो पेन्सन योजना फिर्ता ल्याउन के कस्ता प्रयास गर्न लागेको पनि बताएका छन् ।
उनले भने, “विगतको बीजेपी सरकारले राज्यमा ७० हजार करोडको ऋण छोडेको छ, यो ठूलो चुनौती हो, तर समाधान पनि छन्। हामीले पहिलो दिन पनि भनेका थियौं र म फेरि भन्छु कि राज्यमा निर्णय हुन्छ। कर्मचारीको पुरानो पेन्सन योजना पहिलो मन्त्रिपरिषद्मा लिइन्छ, अन्य योजना पूरा गर्ने दायित्व पनि हाम्रो हो ।”
यससँगै वीरभद्र सिंह परिवारसँगको कथित तनावको विषयमा हिमाचल प्रदेशका नयाँ मुख्यमन्त्रीले भने, “कांग्रेस एउटा परिवार हो, राज्यमा अहिले कुनै गुट छैन, वीरभद्र सिंह परिवारको केही चाहना छ, हामी गर्नेछौं। उनका छोराहरू विधायक छन्, सबै विधायकलाई साथमा लैजानुपर्छ ।”
हिमाचल प्रदेश विधानसभा चुनावमा कांग्रेस पार्टीको जितपछि कांग्रेसका पूर्व नेता वीरभद्र सिंहकी पत्नी प्रतिभा सिंह वा उनका छोरा विक्रमादित्य सिंहलाई मुख्यमन्त्री बनाउने छलफल चलिरहेको थियो ।
कांग्रेस पार्टीले वीरभद्र सिंह र उनको परिवारको योगदानलाई अस्वीकार गर्न नसक्ने प्रतिभा सिंहको बयान पनि आएको थियो। तर अन्त्यमा कांग्रेसले सुखविन्दर सिंह सखुलाई मुख्यमन्त्री र मुकेश अग्निहोत्रीलाई उपमुख्यमन्त्रीको जिम्मेवारी दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment