कालीगण्डकी नदीका दुइ थान शिला जानकी मन्दिरलाई दिन स्वीकृती दिने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं । सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ भने निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के भि प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविधुत आयोजनाका लागि थप शर्त समावेश गर्ने र मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै मन्त्रीपरिषद्ले कालीगण्डकी नदी क्षेत्रबाट दुइ थान शिला जनकपुरधामस्थीत जानकी मन्दिरलाई उपलव्ध गराउन स्वीकृती दिने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्रीपरिषद्ले कालीगण्डकी नदी क्षेत्रबाट दुइ थान शिला जनकपुरधामस्थीत जानकी मन्दिरलाई उपलव्ध गराउन स्वीकृती दिने निर्णय पनि गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment