निर्माता हार्वेलाई २३ वर्ष जेल सजाय

डिसी नेपाल
५ पुष २०७९ ११:२२
84
Shares

लसएन्जल्स। अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ। एक दशकअघि हार्वेमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वेले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए। यी सबै आरोपको पाँच वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो।

दुई साता लामो बहसपछि आठ पुरुष र चार महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि एक मामलामा दुई वर्षको जेल सजाय बिताइसकेका छन्। हार्वेका वकिलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

‘हार्वे अब कहिल्यै पनि अन्य महिलालाई दुष्कर्म गर्न पाउने छैनन्। उसले अब बाँकी जीवन जेलभित्रै बिताउनुपर्नेछ। जहाँ उनी अहिले छन्। यो मुद्दाका दौरान हार्वेका वकिलले हामीलाई धम्क्याउनेदेखि अनेक रणनीति अपनाए’, पीडित महिलाका वकिलले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *