अमेरिकामा उडिरहेको विमान जोडजोडले हल्लिँदा ३६ जना घाइते, ११ जनाको अवस्था गम्भीर

डिसी नेपाल
५ पुष २०७९ ११:२४
208
Shares

काठमाडौं । हवाईयन एयरलाइन्सको विमान हल्लिँदा ३६ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ । यो एयरलाइन फिनिक्सबाट होनोलुलु जाँदै थियो। आइतबार २७८ यात्रु र १० चालकदलसहितको विमान अवतरण गर्नुअघि नै यो दुर्घटना भएको हो ।

२० जनालाई अस्पताल लगिएको थियो, उनीहरुको टाउकोमा चोट लागेको छ भने शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । विमानमा जोडजोडले धक्का महसुस हुँदा सो क्षेत्रमा चट्याङ परेको बताइएको छ ।

“सामान्य चोटपटक लागेका र चालक दलका सदस्यहरूलाई चिकित्सा हेरचाह प्रदान गरिएको थियो र केहीलाई तुरुन्तै अस्पतालमा लगिएको थियो,” हवाईयन एयरलाइनले एक विज्ञप्तिमा भन्यो। अस्पताल पठाइएकोमा १७ यात्रु र तीन चालक दलका सदस्य रहेका छन् । जसमा एक १४ वर्षीय बालक पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *