सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित (फाेटाे फिचर)

डिसी नेपाल
५ पुष २०७९ १४:२५
96
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।

झापा-५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन्।

साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सा‌सदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *