माधव नेपाल अस्पताल भर्ना

डिसी नेपाल
५ पुष २०७९ १४:३९
524
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ।

उपचारमा शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *