सप्तरीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु , अवस्था तनावग्रस्त

डिसी नेपाल
५ पुष २०७९ १५:०२
36
Shares

सप्तरी । रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिफरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् ।

उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ ।

बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *