मेरो माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस सेयर र १० नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्व २० करोडको १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment