नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा राजश्व उठायो

डिसी नेपाल
६ पुष २०७९ १३:२८
64
Shares

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा कम राजश्व उठाएको छ। बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन। आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठने वर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ।

कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो, जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ। पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो।

भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा  १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ। पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो।

असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन। जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार  थियो। जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो। जबकी  अन्तिम असोजमा कार्यालयले २ अर्ब ३७ करोड २४ लाख ६ हजार थियो।

कात्तिकमा २०.३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ। जबकी विगतको कात्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो।

मंसिर महिनमा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ। जबकी पछिल्लो मंसिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो।

कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजश्व उठाउन नसक्नुको कारण बाँकेमा भन्सार छलीका घटना बढ्नु हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.