सेन्ट्रल फाइनान्सले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँ बराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment