जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय

डिसी नेपाल
८ पुष २०७९ ६:३२
116
Shares

काठमाडौं। नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ।

भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ।

सरकार गठन र एमालेको भूमिकाका बारेमा समेत छलफल भएको बैठकमा अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन्। वर्तमान सत्तागठबन्धन टुटेको अवस्थामा मात्रै एमालेले सरकार गठनका बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *