६० सांसद रहेको गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद

डिसी नेपाल
८ पुष २०७९ ९:४९
384
Shares

पोखरा। गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन्। संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ।

यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ। सोही अनुसार सांसदहरु निर्वाचित भएर आइसकेका छन्।

अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए। ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए। अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन्। केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन्।

अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन्। दुवै जिल्लाबाट ११-११ सांसद चुनिएका हुन्। कास्कीमा एमालेका ८ सांसद छन् भने कांग्रेसका ३ सांसद छन्। बागलुङमा कांग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन्।

समानुपातिक तर्फ एमालेले १० सीट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो। एमालेबाट समानुपातिक तर्फ ६ जिल्लामा सांसद निल छ। मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन्। यस्तै, स्याङजाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन्।

समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ। कुनैपनि दलले यि जिल्लामा समानुपातिक सांसद बनाएका छैनन्। गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो दल बन्दा २२ सीट सहित एमाले दोश्रो, ८ सीट सहित माओवादी तेश्रो, २ सीटको राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ शक्ति बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *