एमालेको गन्तव्य सरकार बनाउनु होइनः केपी ओली

डिसी नेपाल
९ पुष २०७९ १५:२८
64
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले अरु पार्टीको गन्तव्य सरकार बनाउने भएपनि एमालेको गन्तव्य सरकार नभई सुखि नेपाली समृद्ध नेपाल भएको बताएका हुन् ।

सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको उनले बताए । उनले सरकार भन्दा पनि मुलुकमा स्थीरता र स्थायीत्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रीत रहेको धारणा राखे। प्रतिपक्ष वा सत्तापक्ष जहा भएपनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उनले बताए । ओलीले अव पार्टीका वास्तविक नीतिहरुलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सवै तहलाई चूस्तदूरुस्त राख्न ध्यान केन्द्रीत गर्ने बताए ।

उनले एमालेलाई सिद्धाउन खोज्दा पार्टी अझै सवल ढंगले अघि बढेकाले अब सवलतालाई थप शुद्ध बनाउदै अघि बढ्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *