मुक्तिनाथ विकास बैंक १६औँ वार्षिक साधारण सभा ३० पुसमा, के-के छन् एजेण्डा ?

डिसी नेपाल
१० पुष २०७९ १०:०२
48
Shares

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले १६औँ वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभामा बैंकले १३.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७१०५ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने भएका छन्। यसका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ।

सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिए गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुने भएको छ।

सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरुमाथि छलफल गरी स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.