फरहानसँग वेब सिरिजमा देखिँदै शबाना

डिसी नेपाल
१० पुष २०७९ ११:३०
348
Shares

मुम्बई। अभिनेत्री शबाना आजमी पुनः एकपटक मूलधारको फिल्ममा कमब्याक गर्दैछिन्। निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्टले बनाउन लागेको वेब सिरिजमा सहकार्य गर्न लागेकी हुन्।

यो वेब सिरिजको निर्देशन ‘मार्गरिटा विद ए स्ट्रा’ फेम शोनाली बोसले निर्देशन गर्नेछिन्। सिरिजको लागि शोनालीको पहिलो रोजाईमा शबाना थिइन्। उनले फरहानलाई गरेको प्रस्ताव फरहानले स्वीकारिसकेका छन्। तर, सिरिजका लागि शबानाको समय तालिका मिलाउन केही समस्या देखिएको छ। किनकी शबाना स्टीवन स्पीलबर्गको ‘हेलो सीजन २’मा व्यस्त छिन्।

‘समय नजुधोस् भनेर शबानाले प्रयास गरिरहेकी छन्। शबानाले हेलोमा शोनालीको वेब सिरिजमा जोडिनुअघि नै काम सुरु गरिसकेकी थिइन्। तर, शबाना शोनालीसँग काम गर्न जति उत्साहित छिन्, त्यति नै छोरा फरहानसँग दोस्रो पटक काम गर्न पाउँदा छिन्,’ सिरिजका एक सदस्यले भनेका छन्।

शबानाले यसअघि फरहानका साथ ‘पोजेटिभ’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन्। यो फिल्मको निर्देशक फरहानले नै गरेका थिए । फिल्ममा उनको को–स्टार बोमन इरानी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *