प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति

डिसी नेपाल
१० पुष २०७९ १६:१३
2.0k
Shares

काठमाडाैं। कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रमुख दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रमुख दलहरुको बैठकले दाहालको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए। बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो। साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ।

प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति भएको छ। प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले समर्थन गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आइतबार साँझ ५ बजेको समय दिएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *