आजको मौसम : पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपातको सम्भावना

डिसी नेपाल
१२ पुष २०७९ ६:२३
100
Shares

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *