२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २४७ जनालाई कारबाही

डिसी नेपाल
२८ साउन २०८३ ८:०८

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६८, हर्न निषेधमा ४०, लेन क्रसमा ४१, अवस्था ठिक नभएको ४२, एकतर्फीमा १७ र अन्यमा ७५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *