प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले बढ्यो

डिसी नेपाल
१२ पुष २०७९ ११:१७
76
Shares

काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकालोे लागेको छ।

यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ३३ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ। सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ।

साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिया संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ।

यता, १३ उपसूचकहरूमध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.