एनसीसी बैंकको १० लाख ३९ हजार ५०४ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। एनसीसी बैंकको १० लाख ३९ हजार ५०४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको बागबजारस्थित बैंकको सेयर विभागमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment