उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा
फाइल फाेटाे।
काठमाडौँ। काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ। कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment