सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

डिसी नेपाल
१२ पुष २०७९ १३:५५
776
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दाको जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।

गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा आज पेशी चढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *