सेयर बजारमा हरियाली, ५६.८६ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१२ पुष २०७९ १५:१९
64
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९८३.०७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० अङ्कले बढेर ३८६.०५ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा लक्ष्मी बैंक अग्रिम स्थानमा छ। यसको आज २० करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल दूरसंचार कम्पनी र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स र मल्टी पर्पोज फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आधिखोला लघुवित्त र मिर्मिरे लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.