प्रधानमन्त्री प्रचण्ड बिहीबार बालुवाटर सर्ने

डिसी नेपाल
१३ पुष २०७९ १३:४०
76
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए।

प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए। सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन्। उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन्। उनी बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *