विदेशबाट फर्केकाले एक भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत कर तिर्नुपर्ने
काठमाडौँ। विदेशबाट फर्किने नेपालीले अब आफुले प्रयोग गरिरहेको मोबाइल मात्र ल्याउन पाउने भएका छन्।
भन्सार विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरुमा कडाइ गर्ने तयारी गरिरहेको छ। जसअनुसार विदेशबाट फर्किनेहरुले आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउन पाउने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
त्यसका अतिरिक्त थप मोबाइल ल्याएमा दोस्रो मोबाइलका लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने कार्यालयले जनाएको छ। विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment