गण्डकीका सांसदलाई आज सपथ
पोखरा। गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई सपथको कार्यक्रम छ। संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई सपथ गराउने छन्। यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका थिए।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन्। नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन्। कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन्।
कांग्रेसले चुनावी प्रतिश्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ। माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment