सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ
काठमाडौँ। अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा चारजना पक्राउ परेका छन्।
कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चार जनालाई पक्राउ गरिएको हो।
पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन भाेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment