एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

डिसी नेपाल
१५ पुष २०७९ ८:०६
872
Shares

काठमाडौं। एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन्।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले नेता प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन्। ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले फेसबुकमा लेखेका छन्।

एमाले अध्यक्ष ओली निकट रहेका ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन्। ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *