प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच छलफल भएको हो।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा नेपाल-भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारे छलफल भएको छ । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएपछि भारतीय राजदूतको यो पहिलो भेट हो ।
प्रतिक्रिया
Facebook Comment