कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा एक नेपालीले १२ तलाबाट हामफाले

डिसी नेपाल
१५ पुष २०७९ १४:१३
744
Shares

काठमाडौं। कम्बोडियाको एक होटल क्यासिनोमा भएको आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन्। झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

होटल-क्यासिनोमा ४ सय कामदारहरू थिए भने धेरै थाइ नागरिकहरू अतिथिको रूपमा रहेका थिए। बाक्लो धुवाँका कारण उद्दार टोलीहरूले भवनभित्रका मानिसहरूसम्म पुग्न कठिनाइ भएको थियो।

यद्यपि, घाइतेहरूको सही संख्या अझै बढ्न सक्ने स्थानीय मिडियाले उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। अधिकारीहरुले आगलागीको कारण पत्ता लगाउन अझै काम गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *