सुनको मूल्य तीन सयले महँगीयो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१७ पुष २०७९ ११:०२
128
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.