आजको तरकारी तथा फलफूलकाे मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ। भने गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो समितिले दिएको न्यूनतम मूल्य हो।
यस्तै कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ।
यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९० रुपैयाँ, तिते करेला ८० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment