३.०३ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार ३ अर्बमाथि

डिसी नेपाल
१९ पुष २०७९ १५:२३
84
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.०३ अंकले बढेर २०६१.०६ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले घटेर ३९४.६२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४५ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र शिवम् सिमेन्टको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा श्वेतगंगा हाइड्रोपावर,  धौलागिरी लघुवित्त र खप्तर्ड लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, विन नेपाल लघुवित्त  र बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.