सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

डिसी नेपाल
२० पुष २०७९ १७:५५
100
Shares

सिरहा । आफ्नै सासुको हत्या गरेको आरोपमा बुहारी प्रकाउ परेकी छन् । ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकोभन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *