सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२१ पुष २०७९ १०:५९
200
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.