‘ठग’ नटरलाल पक्राउ

डिसी नेपाल
२१ पुष २०७९ २०:४०
40
Shares

धनगढी । विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करौडैंको ठगि गर्दै आएका नटरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्यहा बाट ऋण उपलप्ध गाईदिने बहानामा होस वा अर्काको नामको जग्गा आफ्नो भन्दै वेचेर नक्कली पूर्जा दिने, महिलाको अस्लिल भिडियो बनाई बार्गेनिङ गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नटरलालले कैलाली, कञ्चनपुरलाई ठगि गर्ने मुख्य थलो बनाएका थिए । त्यसबाहेक उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दार्चुलोको लेकम गाउँपालिका–१ घर भएका नटरलाललाई धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हाल प्रहरीले नटरलाल माथी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । साथै निज नटरलाल उपनाम गरेका पदमराज भट्टबाट ठगिएका व्यक्तिलाई प्रमाण सहित जिल्ला प्रहरीमा जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *