इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

डिसी नेपाल
२५ पुष २०७९ ९:०४
172
Shares

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ।

पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन्। इसेवाले अन्तराष्ट्रिय गन्तब्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ।

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो। इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ।

इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको छ। इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ।

देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.