प्रभु इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। प्रभु इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको ६.७० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment