दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

डिसी नेपाल
१ माघ २०७९ ११:५८
3.3k
Shares

काठमाडौ । काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *