पोखरामा यति विमान दुर्घटना

‘विमानमा समस्या देखिएको बारे पाइलटहरुले कुनै जानकारी गराएका थिएनन्’

डिसी नेपाल
१ माघ २०७९ १४:५३
664
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको जनाएको छ।

आइतबार बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं र पोखराको मौसम पनि सफा रहेको र मापदण्ड पूरा गरेरै उडान भरेको जानकारी दिए।

पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला रहेको र दुर्घटना हुनु अघि अन्य विमानले पनि उडान भएको उनले जानकारी दिए।

पोखरा एयरपोर्ट नजिकै भएको दुर्घटनामाग्रस्त बिमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रुका साथै चार चालक दलका सदस्य रहेको ठाकुरले बताए।

महाप्रबन्धक ठाकुरले दुर्घटना अघि पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि बताए।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा दुर्घटनामा परेको ठाकुरले जानकारी दिए। शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिने उनको भनाइ छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेतीको खोंचमा दुर्घटनामा परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *