आर्सनललाई आठ अंकको अग्रता
काठमाडौं। टोटनहमलाई २-० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ।
खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो। ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए।
आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो। जितपछि १८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ। चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment