जुम्ला विमानस्थलबाट तल्फीपरे जाँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु, १५ घाइते

डिसी नेपाल
२ माघ २०७९ १९:०१
52
Shares

काठमाडौं। जुम्लाको पातारासी गाउँपालिका– ६ कोटाभिरमा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको अवस्था गम्भीर रहेको हो। अन्य १३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जनाए।

घाइतेहरुमा १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीय निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ, ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरी निरीक्षक बुढामगरले बताए।

जुम्ला विमानस्थलबाट पातारासी गाउँपालिकाको तल्फीपरे गाउँतर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा पातारासी गाउँपालिका– १ माथाचौर (खालाढिक)की ४२ वर्षीया छोर्तेन लामाको मृत्यु भएको प्रहरी निरीक्षक बुढामगरले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *