‘सरकारको आयुबारे शङ्का गर्नुपर्ने ठाउँ छैन’

डिसी नेपाल
२ माघ २०७९ २२:५८
148
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताएका छन्।

आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै सरकार जे जस्तो राजनीतिक दलको सहमतिमा अगाडि बढेको छ त्यही गतिका साथ द्रूत रूपमा अगाडि बढ्ने उनले बताएका हुन्।

उपप्रधान पौडेलले सत्ता साझेदार दल सबै एक ठाउँमा भएको भन्दै सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । भोलि मङ्गलबार विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै उनले त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुरा पनि राख्ने बताए।

यस्तै, मन्त्रिमण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको उनले बताए। उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *