नवनियुक्त पर्यटनमन्त्री किराँतीले खादा माला नलगाई गरे पद बहाली

डिसी नेपाल
३ माघ २०७९ १५:३०
668
Shares

काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताएका हुन्। उनले एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै खादा माला नलगाउने निर्णय पनि गरे।

मन्त्री किराँतीले मन्त्रालयमा भएका बिकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पारे। मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ।

किराँती नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *